सुनचाँदीको मूल्य बढ्यो

काठमाडाैं । मंगलबार स्थिर सुनको मूल्य बुधबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बुधबार तेजावी सुन एक लाख ९ हजार सात सय पचास रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १० रूपैयाँ बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया