चितवनमा आज रास्वपाको चुनावी सभा, तीनै जना उम्मेदवारले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनमा चुनावीसभा गर्ने भएको छ ।
बिहीबार दिउँसो ३ बजे चितवनको गेस्ट हाउस चौरमा चुनावीसभा आयोजना गरिएको सो पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिएका छन् ।
चुनावीसभालाई रास्वपाका चितवन–२ का उम्मेदवार लामिछाने, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।सभामा खास मान्छेहरू पनि आउने लामिछानेले बताए पनि उनीहरूबारे विस्तृतमा केही खुलाएका छैनन् ।
सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर भएको उल्लेख गर्दै लामिछानेले वारपारको राजनीतिक भिडन्तबारे आमनागरिकलाई केही सुनाउनु पर्ने विषय रहेकाले उपस्थित हुन आग्रह गरेका छन् ।
‘आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर। यो वारपारको राजनीीतक भिडन्तबारे आज हामी तीनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ। आजको तपाईंको उपस्थितिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछ्न्,’ रविले कार्यक्रममा आइदिन आग्रह गर्दै लेखेका छन् ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया