चितवनमा आज रास्वपाको चुनावी सभा, तीनै जना उम्मेदवारले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनमा चुनावीसभा गर्ने भएको छ ।
बिहीबार दिउँसो ३ बजे चितवनको गेस्ट हाउस चौरमा चुनावीसभा आयोजना गरिएको सो पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिएका छन् ।
चुनावीसभालाई रास्वपाका चितवन–२ का उम्मेदवार लामिछाने, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।सभामा खास मान्छेहरू पनि आउने लामिछानेले बताए पनि उनीहरूबारे विस्तृतमा केही खुलाएका छैनन् ।
सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर भएको उल्लेख गर्दै लामिछानेले वारपारको राजनीतिक भिडन्तबारे आमनागरिकलाई केही सुनाउनु पर्ने विषय रहेकाले उपस्थित हुन आग्रह गरेका छन् ।
‘आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर। यो वारपारको राजनीीतक भिडन्तबारे आज हामी तीनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ। आजको तपाईंको उपस्थितिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछ्न्,’ रविले कार्यक्रममा आइदिन आग्रह गर्दै लेखेका छन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया