घट्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडाैं । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन एक लाख ९ हजार तीन सय पचास रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बिहीबार चाँदी बुधबारकै मूल्य प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया