NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडाैं । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन एक लाख ९ हजार तीन सय पचास रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बिहीबार चाँदी बुधबारकै मूल्य प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष