राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।
नियुक्त हुनेमा प्रभु बुढाथोकी, राम विच्छा यादव र रमेश पौडेल रहेका छन् । वन तथा वातावरण विज्ञ रहेका बुढाथोकी यसअघि पनि आयोगको सदस्य भइसकेका छन् ।
हाल आयोगमा डा रामकुमार फूयाँल र डा.जयकान्त राउतसहित दुई सदस्य छन् । सरकारले तीन सदस्य थप गरेको हो ।
प्रतिक्रिया