NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

वाणिज्य बैंकहरूको नाफा ११ प्रतिशतले बढ्यो, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक

काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिना (साउन-चैत्र) सम्ममा वाणिज्य बैंकहरूको नाफा ११.६७ प्रतिशतले बढेको छ ।

चालु आवको चैत्र मसान्तसम्ममा २१ वटा वाणिज्य बैंकरूले ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको चैत मसान्तको तुलनामा ११.६७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चैत्र मसान्तसम्ममा ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन जुन गत आवको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशतले बढी हो ।

नबिल बैंकपछि बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ । उक्त बैंकले ४ अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ११.३८ प्रतिशतले बढी हो ।

सबैभन्दा कम नाफा कमाउने वाणिज्य बैंकमा कृषि विकास रहेको छ । उक्त बैंकले चैत्र मसान्तसम्ममा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशतले कम हो ।

अन्य वाणिज्य बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ६१ करोड १६ लाख, एनएमबी बैंक २ अर्ब ६६ करोड ५२ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४७ करोड ७२ लाख नाफा आर्जन गरेको छ । त्यस्तै प्रभु बैंक १ अर्ब ७५ करोड २९ लाख, स्टान्डर्ट चार्टट १ अर्ब ६२ करोड ८७ लाख, एभेरेष्ट १ अर्ब ५१ करोड ६३ लाख, सानिमा १ अर्ब ५९ करोड २६ लाख, हिमालय बैंक १ अर्ब ३९ करोड १५ लाख र कुमारी बैंकले १ अर्ब ८० करोड २७ लाख नाफा कमाएका छन् ।

लक्ष्मी बैंक ८५ करोड ८९ लाख, नेपाल एसबिआ बैंक एक अर्ब ३० करोड नाफा कमाएका छन् ।

सात वाणिज्य बैंकको नाफा घट्यो

सात वाणिज्य बैंकको नाफा घटेको छ । जसमा प्राइम बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास र सनराइज बैंक रहेका छन् ।

प्राइम बैंकको नाफा ९.३४ प्रतिशतले घटेको छ । त्यस्तै माछापुच्छ्रे बैंकको नाफा १२.८७, नेपाल बैंक १८.७२, सिटिजन्स बैंकको २२.२४ प्रतिशत, सिद्धार्थ बैंकको २८.६५ प्रतिशत, कृषि विकास ४५.३६, र सनराइज बैंकको नाफा ८.३३ प्रतिशतले घटेको छ ।

१४ बैंकको नाफा बढ्यो, ७ वटाको घट्यो

सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमा १४ वटाको नाफा बढेको छ भने ७ वटाको घटेको छ । औषतमा बैंकहरुको नाफा ११.६७ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गर्दा नाफा बढाउने बैंकमा प्रभु, नबिल, लक्ष्मी, एभरेष्ट, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य। हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा, स्टयान्डर्ड चार्टर्ड, एनएमबि र कुमारी बैंक रहेका छन् । एनएमबि र कुमारी बैंकको नाफा भने १ प्रतिशतभन्दा कम बढेको छ ।

यस्तै नाफा घटेका ७ वटा बैंकमा प्राइम, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास र सनराइज बैंक रहेका छन् ।

प्राइम बैंकको नाफा ९.३४ प्रतिशत, माछापुच्छ्रे बैंकको नाफा १२.८७, नेपाल बैंकको १८.७२ प्रतिशत, सिटिजन्स बैंकको नाफा २२.२४ प्रतिशत, सिद्धार्थ बैंकको नाफा २८.६५ प्रतिशत, कृषि विकास बैंकको नाफा ४५.३६ प्रतिशत र सनराइज बैंकको नाफा ८.३३ प्रतिशतले घटेको छ ।