करिब पाँच किलो सुनाका गरगहनासहित दुई पक्राउ

नेपालगञ्ज । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ ।
सुराकीका आधारमा गरगहना झोलामा राखेर हिँडिरहेका ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया