एकदिन पनि टिकेन सेयरबजारमा हरियाली, यी कम्पनीले कमाए सर्वाधिक

काठमाडाैं । पुँजी बजारमा तीन दिन लगातर घटेर बुधबार बढेको सेयरबजार बिहीबार पुन: घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.७३ अङ्कले घटेर एक हजार नौ सय ४ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।
आज दुई सय ६७ वटा कम्पनीका २३ हजार २६५ पटक कारोबारमा ३२ लाख ०९ हजार २१४ कित्ता सेयर खरिदबिक्री हुँदा ९८ करोड ३३ लाख ६७ हजार ३११ रूपैयाँ बराबरको कारोबार भएका छन् ।
बिहीबार सबै उपसमूहरू घटेका छन् । सबैभन्दा धेरै वित्त १.५० प्रतिशतले घटेको छ । अन्य उपसमूहरूका बैंकिङ ०.४२, विकास बैंक १.३५, होटल तथा पर्यटन ०.२०, जलविद्युत १.२९, लगानी १.१७, जीवन बीमा ०.८१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.१४, म्युचल फण्ड ०.३४, नीर्जीवन ०.४२, अन्य ०.९३ र व्यापार ०.५३ प्रतिशतले घटेको छ ।
बिहिबार कालिञ्चोक दर्शन लिमिटेडको सेयरका सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।
आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ र आदर्श लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै बिहीबार कारोबार रकमको आधारमा एनआइसी एशियाको ५ करोड ७५ लाख ४३ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा कुमारी बैंक लिमिटेड प्रमोटिट सेयरको ५ करोड ५३ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख ३८ हजार, स्टान्टर्ड चार्टट बैंक ३ करोड ३३ लाख ३८ हजार र एभरेष्ट बैंक लिमिटेडको २ करोड ९१ लाख ७६ हजार रूपैयाँको कारोबार भयो ।
स्वाभलम्वन लघुवित्त वित्तिय संस्थाको सर्वाधिक ८ करोड ८३ लाख १३ हजार रूपैयाँको कारोबार भयो ।
दोस्रोमा नबिल बैंकको ३ करोड ६६ लाख १७ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया ३ करोड १८ लाख ५६ हजार रूपैयाँ, शिभम् सिमेन्ट ३ करोड १७ लाख ८५ हजार रूपैयाँ र निफ्राको २ करोड ३९ लाख ४७ हजार रूपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया