अगम बिकरालको ‘जोडी चिण्डो’ सार्वजनिक
काठमाडाैं । गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेका छन् ।
आफ्नो संस्कारअनुसार घर भित्र्याउने बाचा गर्दै युवकले जोडी चिण्डो लिएर माग्न आउने प्रस्ताव गरेका छन् । राई समुदायमा जोडी चिण्डो र तीन चुल्हाको साँस्कृति महत्व रहन्छ ।
अशोक थुलुङको स्वर र फणिन्द्र राईको एरेञ्ज रहेको यो गीतलाई दिनेश वान्तवाले कम्पोज गरेका हुन् । म्युजिक भिडियोमा एलिस राई र एलिसा राईको अभिनय छ । सुबोल थापाले कोरियाग्राफी गरेको यो भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । निर्देशन किरण चाम्लिङ राईको रहेको छ ।
गीतकार विकरालको यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । गत वैशाखमा मात्र उनको गीत ‘एकान्तमा’को भिडियो सार्वजनिक गरेका थिए । एक दर्जन बढी गीत रेकर्ड गराइसकेका गीतकार बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम संगीतका पारखीमाझ लोकप्रिय छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया