घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँ घटेर एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय कायम भएको छ ।
त्यस्तै आज चाँदी ५ रूपैयाँ घटेर एक हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया