घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँ घटेर एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय कायम भएको छ ।
त्यस्तै आज चाँदी ५ रूपैयाँ घटेर एक हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया