चितवनमा पहिलाको तुलनामा कम मत खस्यो, सम्भव भए आजै गणना
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा यसअघिको तुलनामा कम मत खसेको छ । चितवनका जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार हालसम्म चितवनमा ६५ प्रतिशत मत खसेको छ ।
यसअघि उक्त क्षेत्रमा ८४ हजार ४६३ मत खसेकोमा यसपटक ७६हजार ७६४ मत खसेको उनले जानकारी दिए ।
पाँचबजेभित्र मतदान केन्द्रमा पुगेकाहरूलाई मतदान गर्न दिइ हाल मतदानको समय सकिएको छ । ‘पहिलाको तुलनामा मत घटेको देखिएको छ,’ उनले भने, ‘मत हाल्न बाँकीको संख्या पनि अब २० देखि २५ मात्रै छ । त्यसैले संख्या धेरै बढ्ने सम्भावना पनि छैन ।’
मतदान सकिएका स्थलबाट मतपेटिका ढुवानीको काम पनि सुरु भइसकेको उनले जानकारी दिए ।
कार्कीकाअनुुसार सम्भव भएमा आजै सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिनेछ । ‘इच्छाकामनासहित केही ठाउँमा मतपेटिका ल्याउन चार घण्टा लाग्छ । त्यसैले सबै ठाउँबाट मतपत्र आउन ९ देखि १० बज्न सक्छ,’ उनले भने, ‘सबै ठाउँबाट मतपेटिका संकलन भएमा आजै बैठक बसेर गणना सुरू हुन्छ ।’
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया