लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त नगरेपछि उनी पदमुक्त भएका हुन् ।
उनले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र पाए । उनको पद कामय रहनको लागि ८७ मत पुग्नुपर्नेमा थोरै मत मात्रै प्राप्त गरेका हुन् ।
प्रतिक्रिया