अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताएका छन् ।
आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । सभापति देउवाले भने, ‘पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ ।’
स्व आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको चर्चा गर्दै सभापति देउवाले किसानका हकहितका लागि लड्नुभएका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गरे । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभहानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने औँल्याए ।
त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गङ्गालक्ष्मी अवाल, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य, पार्टीका निर्वाचन क्षेत्र नं २ का सभापति भेषबहादुर कार्की लगायतले नेता आचार्यको योगदानलाई पार्टीले कदर गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेस सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई रु २५ हजार नगदसहित जगन्नाथ आचार्य स्मृति पुरस्कार प्रदान गरे ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया