NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आफ्नै गन्तव्यतिर फर्कियो फ्लाई दुबईको जहाज

काठमाडौं । काठमाडौं विमानस्थलमा अवतरण गर्न लागिएको भनिएको फ्लाई दुबईको जहाज आफ्नै गन्तव्यतिर फर्किएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समाजिक सञ्जाल फेसबुकमा स्टाटस जारी गर्दै यसको जानकारी दिएका हुन् ।

जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै गरेको र यसमा कसैले पनि चिन्ता नगर्न उनले आग्रह गरेका छन् ।

जहाजको एक इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरणको प्रयास गरिएको बताइएको थियो ।

उक्त जहाज आज ९ः२३ मा काठमाडौंबाट दुबईका लागि उडेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष