आफ्नै गन्तव्यतिर फर्कियो फ्लाई दुबईको जहाज
काठमाडौं । काठमाडौं विमानस्थलमा अवतरण गर्न लागिएको भनिएको फ्लाई दुबईको जहाज आफ्नै गन्तव्यतिर फर्किएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समाजिक सञ्जाल फेसबुकमा स्टाटस जारी गर्दै यसको जानकारी दिएका हुन् ।
जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै गरेको र यसमा कसैले पनि चिन्ता नगर्न उनले आग्रह गरेका छन् ।
जहाजको एक इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरणको प्रयास गरिएको बताइएको थियो ।
उक्त जहाज आज ९ः२३ मा काठमाडौंबाट दुबईका लागि उडेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया