सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छलफल हुने बताएका छन् । चितवन–२ मा भएको उपनिर्वाचनमा विजयी हुने निश्चित भएपछि मंगलबार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारलाई समर्थन दिइराख्न आवश्यक नभएको प्रतिक्रिया दिएका हुन् । सरकारले सार्वजनिक गरेका न्यूनतम साझा कार्यक्रममा आफ्ना मागबारे सम्बोधन नगरिएको उनले असन्तुष्ट व्यक्त गरे ।
‘चुनाव सकिएपछि हामी काठमाडौंमा गएर सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्छौं । सरकारमा जाने त कुरै छैन,’ उनले भने ।
१० पुसमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपा एक राज्यमन्त्री र तीन मन्त्रीसहित सरकारमा गएको थियो । नागरिकता प्रकरणमा दोषी प्रमाणित भएपछि १३ मागमा सांसद, उपप्रधानमन्त्री र पार्टी सभापति एकसाथ गुमाएका थिए । नेपाली नागरिकता प्राप्तिपछि पुनः गृहमन्त्री दाबी गर्दै आएका उनले सो मन्त्रालय नपाएपछि २३ मागमा समर्थन कायमै राखि सरकारबाट बाहिरिएको थियो । तर १२ फागुनमा सत्तासमीकरण बदलिएपछि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको उसले प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया