चितवन २ मा रविको जित पक्का
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
हाल चितवनमा करिब १२ हजार मत गन्न बाँकी छ । लामिछानेको मतान्तर ३७ हजारभन्दा बढी छ ।
४५ हजार ८४२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत प्राप्त गरेका छन् ।
लामिछाने गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए । नागरिकता विवदासँगै उनको सांसद पद गुमेपछि उप निर्वाचन भएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया