सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेर एक लाख ९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदी सोमबारकै मूल्य एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया