सुनको मूल्य बढ्यो, चाँदी स्थिर
काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेर एक लाख ९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदी सोमबारकै मूल्य एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया