NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सामान्य बढ्यो सुनको मूल्य, चाँदी घट्यो

काठमाडाैं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख ९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको हो ।

मंगबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँ कायम भएको छ ।

मंगलबार स्थिर चाँदी ५ रूपैयाँ घटेर एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार ४२० रूपैयाँमा कारोबार भएको थियो ।