NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपालको व्यापार घाटा भारतसँग मात्रै ६ खर्ब ७० अर्ब बढी, कुन देशसँग कति ?

१६३ मूलुकसँग नेपालको व्यापार, १३३ सँग घाटा

काठमाडौं । नेपालको व्यापार पछिल्लो तथ्यांकअनुसार १६३ मूलुकहरूबाट हुँदै आएको छ । नेपालको बढी व्यापार हुने मूलुक भनेको छिमेकी राष्ट्र भारत र चीन नै हुन् । यी मूलुकसँगै नै नेपालको व्यापारघाटा सबैभन्दा धेरै छ ।

चालु आर्थिक वर्ष ०७९/८० को ९ महिनासम्म आइपुग्दा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब २३ करोड १० लाख रूपैयाँ बराबरको छ । सो अवधिसम्ममा नेपालको सबैभन्दा धेरै व्यापारघाटा छिमेकी मूलुक भारतसँग रहेको छ । भारतसँग मात्रै नेपालको व्यापारघाटा ६ खर्ब ७० अर्ब ७६ करोड ६१ लाख रूपैयाँ बराबरको छ ।

चैत्र मसान्तसम्म भारतबाट नेपालले ७ खर्ब ५३ अर्ब ७५ करोड १४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने नेपालबाट ८२ अर्ब ९८ करोड रुपैया बराबरको वस्तु निर्यात भएको छ ।

चीनसँग नेपालको व्यापारघाटा

भारतपछि सबैभन्दा बढी व्यापार नेपालले छिमकी राष्ट्र चीनसँग गर्दै आएको छ । चालु आवको चैत्र मसान्तसम्ममा चीनसँग नेपालको व्यापारघाटा १ खर्ब ६१ अर्ब ८१ करोड १५ लाख रूपैयाँ बराबरको रहेको छ । त्यस्तै उक्त अवधिमा नेपालले चीनबाट १ खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ६३ करोड ६८ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ ।

यी मूलुकसँग छैन नेपालको व्यापारघाटा
३० भन्दा बढी मूलुकसँग नेपालको व्यापार घाटा छैन । यी मूलुकहरुमा अफगानिस्तान, अलजेरिया,अरमेनिया, बोलिभिया,कम्बोडिया, चाड, कंगो, साइप्रस, डेनमार्क,मेलानेसिया, क्यारेबियन, आइसल्याण्ड, आइरल्याण्ड, लाओस, लेवनान,माली, माल्टा, इष्ट अफ्रिाका, इरोप, मोराक्को, न्युज्लाण्ड, नाइजेरियालगायत हुन् ।

अर्ब भन्दा बढी व्यापार घाटा भएको देश

नेपालको १६३ मूलुकमध्ये ३८ मूलुकसँग अर्बभन्दा बढी व्यापार घाटा छ । अर्बभन्दा बढी व्यापारघाटा भएको मूलुकहरुमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपालको व्यापारघाटा २५ अर्ब ४८ करोड रुपैयाँ छ । त्यस्तै इन्डोनोसिया ३३ अर्ब ५ करोड, युक्रेन १४ अर्ब ५० करोड, अर्जेटिनासँग २० अर्ब ५० करोड रुपैयाँ बराबरको छ ।

अन्य मुलुकहरुमा भियतनाम ४ अर्ब ५१ करोड,युक्रेन १४ अर्ब ५० करोड, थाइल्याण्ड ७ अर्ब ९५ करोड,ताइवन २ अर्ब ५४ करोड,साउथ अफ्रिका १ अर्ब ७४ करोड,सिंगापुर ४ अर्ब ५० करोड,साउथ अरेबिया ८ अर्ब ६० करोड,कतार १० अर्ब ७० करोड, वमन ८ अर्ब ९६ करोड, मलेसिया १९ अर्ब ६५ करोड,कोरिया ५ अर्ब १९ करोड, जापान ३ अर्ब १४ करोड, हङकङ १ अर्ब ६६ करोड,फ्रान्स ४ अर्ब १६ करोड,क्यानडासँग १ अर्ब ६९ करोड रुपैयाँ बराबरको व्यापारघाटा छ ।

त्यसैगरी ब्राजिल ४ अर्ब ६३ करोड, बेल्जियम ९ अर्ब ३४ करोड, बंगलादेश ४ अर्ब ४४ करोड, अस्ट्रेलिया १४ अर्ब ३६ करोड, अर्जेटिना २० अर्ब ५० करोड, अस्ट्रिया १ अर्ब ७३ करोड, जर्मनी १ अर्ब ८८ करोड, इस्रायल १ अर्ब ५ करोड, इटली १ अर्ब २० करोड, काजकिस्तान ६ अर्ब ४३ करोड, नेदरल्याण्डस १ अर्ब ८८ करोड, पराग्वे ४ अर्ब २९ करोड, पोर्चुगल १ अर्ब ३४ करोड, स्पेन १ अर्ब ७४ करोड, स्वीजरल्याण्ड १ अर्ब ३७ करोड, टर्की १ अर्ब ५१ करोड, युनाइटेड किङडम २ अर्ब १३ करोड र पराग्वेसँग ४ अर्ब २९ करोड रुपैयाँको व्यापारघाटा छ ।