मह आयातमा १४ करोड रूपैयाँ बाहिरियो, स्वदेशमै उत्पादित महको छैन बजार

काठमाडाैं । मह आयातको तुलनामा निर्यात निकै कम हुने गरेको पाइएको छ । स्वदेशी महले बजार नपाएको अवस्थामा नेपालीहरूले विदेशी मह किनेर खानामा भने शोख देखाउँछन् भन्ने तथ्यांकले पनि पुष्टि गर्छ ।
स्वदेशी मह बिक्री नभएर किसान चिन्तित हुने अवस्था एकातिर छ भने अर्कातिर मह आयातमै करोड रूपैयाँ बाहिरिरहेको छ ।
चालु आव २०७९/८० को ९ महिनाको तथ्यांकअनुसार नेपालबाट १४ करोड रूपैयाँ बराबरको मह आयात भएको छ । तथ्यांकअनुसार साउनदेखि र चैत्रसम्ममा १४ करोड १४ हजार रूपैयाँको आयात भएको विभागको तथ्यांक छ ।
विभागकाअनुसार ९ महिनाको अवधिमा मह निर्यात भने ३ करोड २७ लाख रूपैयाँको मात्रै भएको पाइएको छ । नेपालमा अमेरिका, अस्ट्रेलिया, भुटान, भारत, अस्ट्रेलिया, बुल्गेरियालगायतका देशबाट मह निर्यात हुँदै आएको छ ।
सबैभन्दा धेरै मह निर्यात अस्ट्रेलियामा एक करोड ८४ लाख रूपैयाँको भएको छ । त्यसपछि अमेरिकामा १ करोड १६ लाख रूपैयाँको मह निर्यात भएको छ । त्यसबाहेक बेलायतमा ६ लाख २६ हजार, जापानमा ७ लाख, मलेसियामा ३ लाख ५४ हजार मह निर्यात भएको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया