पाकिस्तानमा भिडन्त, ६ जना प्रहरी मारिए

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा ६ जना प्रहरी मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको झडपमा ती सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । लुटपाट र अन्य जघन्य अपराधमा संलग्न समूहको खोजीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको थियो ।
प्रहरीले घटनास्थल र वरपरको क्षेत्रमा घेरा हालेर उक्त समूहको खोजी अभियान जारी राखेको छ । आक्रमणमा घाइते भएका प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही आक्रमणकारी भागेका र उनीहरूको पनि खोजतालस भइरहेको गृहमन्त्री लाङ्गोवेले बताएका छन् ।
ताजा अपडेट
-
वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया