NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

महानगरले ‘सिल’ गर्यो सडकपेटी नै मिच्ने पेट्रोल पम्प

काठमाडाैं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ । महानगरले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सडकपेटी नै मिचेर पेट्रोल पम्प सञ्चालन भएको भनेर स्थानीयले महानगरमा उजुरी दिएका थिए । महानगरले सो उजुरीमाथि कारवाही अघि बढाएको उनले बताए ।

पम्प सिल गर्नुअघि नेपाल आयल निगमलाई पनि यसको मापदण्डबारे पत्राचार गरिएको थियो । ‘स्थानीयको उजुरी पछि हामीले आयल निगमलाई पनि पप्म मापदण्डमा चलेको छ कि छैन भनेर सोधपुछका लागि पत्राचार गरेका थियौ,’ पाण्डेले भने, ‘उताबाट पनि मापदण्डविपरित भनेर आएपछि कारवाही गरिएको हो ।’

हाल महानगर परिसरमा मापदण्डविपरित सञ्चालनमा रहेका पेट्रोल पम्पको संख्या १९ देखि २० वटा रहेको उनले बताए ।