एकल अंकले नेप्से घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । पुँजी बजारमा साताको अन्तिम कारोबार दिन नेप्से झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ बिन्दुमा कायम भएको हो ।
आज नेप्से घटेसँगै कारोबार रकमसमेत घटेको छ । आज दुई सय ६९ वटा कम्पनीका २१ हजार ८५१ पटक कारोबारमा २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रूपैयाँ बराबरको कारोबार भएका छन् ।
बिहीबार बैंकिङ र होटल तथा पर्यटनबाहकेका उपसमूह घटेका छन् । बैंकिङ र होटल तथा पर्यटन क्रमश : )०.२४ र १.८३ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा सबैभन्दा धेरै उत्पादन १.२८ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा विकास बैंक ०.१६, वित्त ०.५७, जलविद्युत ०.२५, लगानी ०.०९, जीवन बीमा ०.१४, माइक्रोफाइनान्स ०.५९, नीर्जीवन बीमा ०.१३, अन्य ०.७० र व्यापार ०.१४ अंकले घटेको छ ।
बिहीबार सिटिजन म्युचल फण्ड २ का लगानीकर्ताले सर्वाधिक ५.८५ प्रतिशतले कमाएका छन् । त्यस्तै एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा एभरेष्ट बैंकको सर्वाधिक ३ करोड ७६ लाख ९१ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा नबिल बैंक ३ करोड २७ लाख, तेस्रोमा शिभम् सिमेन्ट ३ करोड १ लाख, स्टान्टर्ड चार्टर्ट बैंक २ करोड ९८ लाख र तारागाउँ रिजेन्सी होटलको २ करोड ९३ लाख रूपैयाँकोक कारोबार भयो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया