NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

विश्वको सबैभन्दा धनी व्यक्ति बर्नार्ड उत्तराधिकारीको खोजीमा, पाँच सन्तानसँग छुट्टछुट्टै अडिसन लिँदै

एजेन्सी । विश्वको सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट आफ्नो साम्राज्यको उत्तराधिकारीको खोजीमा छन्। रिटायर्ड (सेवानिवृत्त) हुनुअघि उनी १७ लाख करोडभन्दा बढीको सम्पत्तिको कमाण्ड आफ्ना पाँच सन्तानमध्ये एक सन्तानलाई सुम्पन चाहन्छन् ।

यसका लागि बर्नार्ड अर्नाल्टले प्रकृया सुरू गरिसकेका छन् । फ्रान्सेली अर्बपति व्यवसायी अर्नाल्ट विश्वको प्रसिद्ध फेसन ब्रान्ड लुइस भिट्टन लुइस भिटन (LVMH) का अध्यक्ष र सीईओसमेत हुन् । उनले आफ्ना चार छोरा र एक छोरीमध्ये एक जनालाई छनोट गर्न छुट्टछुट्टै अडिसन लिइरहेका छन् ।

सेवानिवृत्तिअघि कमाण्ड हस्तान्तरण गर्न चाहन्छन् अर्नाल्ट

बर्नार्ड अर्नाल्ट ८० वर्षको उमेरमा अवकाश लिँदैछन्  । यद्यपि अझै रिटार्यर्ड हुन ६ वर्ष बाँकी छ । तर अर्नाल्टले आफ्नो उत्तराधिकारीको छनोट प्रक्रिया अहिलेबाटै सुरु गरिसकेका छन् । वाल स्ट्रिट जनरलको प्रतिवेदनका अनुसार ५०० अर्ब डलरभन्दा बढी भेलुएसन भएको कम्पनीका लागि उनले उत्तराधिकारीको खोजी तीव्र बनाएको छ । अर्नाल्टको नयाँ उत्तराधिकारी उनका ५ सन्तानमध्ये एक मात्र हुन सक्छ।

उत्तराधिकारी चयनको लागि उनले विशेष विधि अपनाएका छन् । उनले कम्पनीको पेरिस मुख्यालयको निजी भोजन कक्षमा पाँच सन्तानसँग महिनामा ९० मिनेट लञ्च बैठक राखेका छन् । लञ्च समयममा व्यवसायसँग सम्बन्धित धेरै कुराहरूमा राय सोधिएको छ ।  समग्रमा, यो ९० मिनेटको समयमा, अर्नाल्टले आफ्ना पाँच सन्तानमध्ये कसले आफ्नो विशाल साम्राज्यलाई सम्हाल्न सक्षम छ भनेर बुझ्न खोजिरहेका छन् । प्रतिवेदनका अनुसार अहिलेसम्म उत्तराधिकारी स्वीकृत भइसकेको छैन तर उत्तराधिकारी छिट्टै छनोट हुनसक्छ ।

बर्नार्ड अर्नाल्टका पाँच सन्तान

LVMH का ६० सहायक कम्पनीहरूमा ७५ ब्रान्डहरू छन् ।  यस लक्जरी फेसन ब्रान्डका मालिक बर्नार्ड अर्नाल्टका सन्तानको बारेमा कुरा गर्दा, उनका चार छोरा र एक छोरी छन्। तिनीहरूमध्ये जेठी छोरी डेल्फिन अर्नाल्ट हुन् । त्यस्तै जेठो छोरा एन्टोइन अर्नाल्ट हुन् । यसबाहेक उनका अन्य तीन सन्तानको नाम क्रमशः फ्रेडरिक अर्नाल्ट, अलेक्जेन्डर अर्नाल्ट र कान्छो छोरा जीन अर्नाल्ट हुन्।