NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एमालेले टुंग्यायो संसदीय समितिमा पठाउने नाम, लेखामा गोकुल, फरार सांसद पनि समेटिए

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदअन्तर्गतका समितिमा पार्टीका तर्फबाट पठाउने सदस्यको नाम टुंगो लगाएको छ । यसअघि एमालेले नाम उपलब्ध नगराउँदा समितिलाई पूर्णता विलम्ब हुँदै आएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाका दश वटा विषयगत समिति र राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने गरी संघीय संसद् सचिवालयलाई नाम बुझाइएको जानकारी दिए ।

एमालेले संघीय संसद् सचिवालयमा बुझाएको सूचीमा केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय सबन्ध, विष्णु पौडेललाई अर्थ, सुवास नेम्वाङलाई कानून, न्याय तथा मानव अधिकार, योगेश भट्टराईलाई सार्वजनिक लेखा समिति सदस्यमा सिफारिस गरिएको छ ।

विवादास्पद पृष्ठभूमिका सांसदलाई पनि एमालेले संसदीय समितिमा सदस्य बनाउन प्रस्ताव गरेको छ । फरार सांसदको सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभामुखलाई नाम बुझाइएको छ ।

गोकुल बास्कोटालाई लेखा समितिमा राखिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिकपछि उनीमाथि छानबिन गर्नुपर्ने माग सार्वजनिक रूपमा उठे पनि उनले उन्मुक्ति पाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्यका लागि केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीको नाम बुझाइएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

सभामुख देवराज घिमिरेलाई बुझाइएको सूचीमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम अर्थ समितिमा राख्न सुझाइएको छ ।

सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइलीको नाम सिफारिस गरिएको छ ।

पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेललाई राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी रहनेछन् । यसमध्ये कोइरी फरार सांसद हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी महिला तथा सामाजिक मामिला समिति तथा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला देवकोटा, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता पूर्वाधार विकास समितिमा रहनेछन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राईले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष