NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

घट्यो सुनचाँदीको मूल्य

काठमाडाैं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख ९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बिहीबार स्थिर चाँदी शुक्रबार पाँच रूपैयाँ घटेर एक हजार ४१० रूपैयाँका कारोबार भइरहेको छ ।