नबिल बैंकको ‘नबिल उद्यमशील कर्जा’, चार दिनभित्र कर्जा स्वीकृति

काठमाडौं । नबिल बैंकले उद्यमशीलता प्रवर्द्धन गर्न र राष्ट्रको दिगो विकासमा योगदान पु-याउने उद्देश्यसहित ‘नबिल उद्यमशील कर्जा’ प्रवाह गरिरहेको छ । नबिल बैंकका अनुसार साना तथा मझौला आकारका उद्यम/स्टार्टअपहरुको प्रवर्द्धनलाई लक्षित गरेर यो कर्जा योजना सञ्चालनमा ल्याएको हो ।
साथै महिला र युवाहरुमा उद्यमशील प्रवर्द्धन गर्न र आर्थिक आवश्यकता सम्बोधन गर्न यो कर्जाले सहयोग गर्ने बैंकले जनाएको छ ।सजिलो,झन्झटमुक्त रुपमा आवश्यक कागजात पेश गरेको चार दिनभित्र कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।
ग्राहकले १ लाखदेखि एक करोडसम्म कर्जा पाउनेछन् । यो कर्जाको अवधि १ देखि ८ वर्षसम्मको रहेको छ । उमेरको हकमा यो कर्जा लिन चाहाने १८ वर्षदेखि ६० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया