आजदेखि खुला रुपमा माछामासुको बिक्री र बधमा रोक
विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्री वितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताए ।
उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तक्र्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको उनको भनाइ थियो । महानगरको सरसफाइ, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको खम्बामा रङरोगनसहित नम्बरिङ, पार्किङलगायत अभियान सञ्चालन गरिरहेको महानगर प्रमुख कोइरालाले जानकारी दिए ।
उनले मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न सबैमा आग्रहसमेत गरे । उपप्रमुख शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई तीव्र पारिने बताइन् ।
अबदेखि खुला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन, २०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले जानकारी दिए । सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवले अस्वच्छ मासु सेवनको असर शरीरमा तुरुन्तै हुने र यसले दीर्घकालसम्म पनि असर पार्ने उल्लेख गर्दै पशु पछी बध गरेपछि कम्तीमा १२ घण्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताए ।
विराटनगरमा करिब तीन सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपक्षी विकास शाखा प्रमुख शुभनारायण यादवको भनाइ थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया