रविले रोजेको मन्त्रालय दिन प्रधनमन्त्री तयार हुनुपर्छ : मन्त्री किराँती
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहँदा सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रविलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।
शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री किरातीले जनताले रविलाई लोकप्रिय मत दिएकाले पनि उनलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन् ।
‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको मतको सम्मान गर्न पनि रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ उनले भने ।
रविलाई रोजेको मन्त्रालय दिन आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको किराँतीले बताए ।
वैशाख १० मा भएको उपनिर्वाचनमा दोस्रोपटक सानदार मतसहित निर्वाचित भएका रविले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बलियो भएको बताएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया