NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रविले रोजेको मन्त्रालय दिन प्रधनमन्त्री तयार हुनुपर्छ : मन्त्री किराँती

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहँदा सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रविलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री किरातीले जनताले रविलाई लोकप्रिय मत दिएकाले पनि उनलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन् ।

‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको मतको सम्मान गर्न पनि रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ उनले भने ।

रविलाई रोजेको मन्त्रालय दिन आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको किराँतीले बताए ।

वैशाख १० मा भएको उपनिर्वाचनमा दोस्रोपटक सानदार मतसहित निर्वाचित भएका रविले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बलियो भएको बताएका थिए ।