NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडाैं । पुँजी बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा कायम भएको छ ।

आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज दुई सय ७१ वटा कम्पनीका २६ हजार ८०१ पटक कारोबारमा ३२ लाख ६ हजार ४५० कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ रूपैयाँ बराबरको कारोबार भएका छन् ।

आइतबार सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत १.८७ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.७७, विकास बैंक १.२३, वित्त १.२७, लगानी ०.५३, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.९३, नीर्जीवन बीमा ०.५४,  अन्य १.३१ र व्यापार १.६८ अंकले घटेको छ ।

आइतबार एनएमबी सुलभ इन्भेष्टमेन्टका लगानीकर्ताले सर्वाधिक ३.३३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक ८.८९ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा शिभम् सिमेन्टको  सर्वाधिक ४ करोड २५ लाख १० हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइएमीको ३ करोड ५७ लाख ९ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै तारागाउँ रिजेन्सी होटल ३ करोड ३१ लाख ९ हजार, नबिल बैंक ३ करोड २३ लाख ५३ हजार रूपैयाँको कारोबार भयो ।