आज मजदुर दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् मे दिवस सोमबार नेपालसहित विश्वभर मनाइँदैछ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित भएको आन्दोलनले मजदुरको हकहित स्थापित गरेको थियो । त्यसैको सम्झनास्वरूप हरेक वर्षको मे १ लाई मजदुर दिवसका रूपमा मनाइँदै आएको छ ।
नेपालमा पनि मजदुरहरूले यो दिवसमा मनाउने गरेका छन् । यस वर्ष पनि राजनीतिक दलसँग सम्बन्धित संघ, संगठनले विविध कार्यक्रम आयोजना गरेका छन् । यो दिनलाई हर्षोल्लासपूर्वक मनाउन सरकारले सोमबार देशभर सार्वजनिक बिदासमेत दिएको छ ।
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले सम्पूर्ण मजदुरहरूमा उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया