NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १९ गते

आज मजदुर दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् मे दिवस सोमबार नेपालसहित विश्वभर मनाइँदैछ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित भएको आन्दोलनले मजदुरको हकहित स्थापित गरेको थियो । त्यसैको सम्झनास्वरूप हरेक वर्षको मे १ लाई मजदुर दिवसका रूपमा मनाइँदै आएको छ ।

नेपालमा पनि मजदुरहरूले यो दिवसमा मनाउने गरेका छन् ।  यस वर्ष पनि राजनीतिक दलसँग सम्बन्धित संघ, संगठनले विविध कार्यक्रम आयोजना गरेका छन् । यो दिनलाई हर्षोल्लासपूर्वक मनाउन सरकारले सोमबार देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले सम्पूर्ण मजदुरहरूमा उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।