भिरबाट लडेर एक वृद्धको मृत्यु
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु हुनुभएका उहाँ आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन् ।
भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भिरबाट बाहिर निकालेको थियोे ।
स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको छ ।
घटनास्थलको मुचुल्काका साथै प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया