एमाले प्रदेश कमिटी सदस्य विष सेवन गरेको अवस्थामा फेला
काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे विष सेवन गरेको अवस्थामा काठमाडौंको एक होटलमा फेला परेका छन् ।
जमलस्थित कैलाश होटलमा मंगलबार विष सेवन गरी अर्धचेत रहेको अवस्थामा उनी फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले होटलमा विष सेवन गरेको अवस्था भेटिएका घिमिरेलाई उद्धार गरेर वीर अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
विदुर–११, नुवाकोटका स्थायी बासिन्दा घिमिरे बेपत्ता भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । लगत्तै प्रहरीले खोजी थालेकोमा उनी कैलाश होटलमा भेटिएका हुन् ।
प्रहरीले घिमिरे बसेको कोठाबाट सुसाइड नोट फेला पारे पनि त्यसबारे सार्वजनिक गरेको छैन ।
ताजा अपडेट
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ


प्रतिक्रिया