NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ सय रूपैयाँ घटेर एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार मंगलबार चाँदी १० रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ ।