सात जना आतंकवादी पक्राउ

इस्लामावाद । पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् ।
गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग (आइएसपिआर) ले जनाएको छ ।
आतङ्वादी समूह ताहरिक ए तालिवान पाकिस्तानका कमाण्डर लालालगायत पक्राउ परेका आइएसपिआरको विज्ञप्तिमा जनाइएको छ ।सुरक्षा फौज र सर्वसाधारणलाई लक्ष्यित गरेर उक्त समूहले धेरै स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएको थियो ।
सुरक्षा निकायले उक्त समूहका सदस्यलाई खोजीको सूचीमा राखेर लामो सयमदेखि खोजतलास गर्दै आएको थियो । सोमबार आतङ्कवादी पक्राउ परेकामा सुरक्षा बलको सराहना गर्दै स्थानीय बासिन्दाले देशबाट आतङ्कवादलाई परास्त गर्न सेनालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया