कैदीको मृत्युपछि इजरायलमा तनाव

काठमाडौं (एजेन्सी) । प्यालेस्टाइन क्षेत्रबाट मङ्गलबार इजरायली भूमिमा रकेट प्रहार गरेपछि इजरायली वायुसेनाले गाजा पट्टीमा चरमपन्थी स्थानहरूमा हवाई आक्रमण थालेको छ ।
इजरायली सेनाका अनुसार यी हवाई आक्रमणमा गाजा प्रशासन सञ्चालन गर्ने प्यालेस्टिनी संगठन हमासलाई निशाना बनाइएको छ ।
इजरायली सेनाका अनुसार हमासका हतियार भण्डार र तालिम केन्द्रमा बम विष्फोट भइरहेको छ । यो पछिल्लो तनाव इजरायलको हिरासतमा एक प्रसिद्ध प्यालेस्टिनी कैदीको मृत्युपछि सुरु भएको हो।
प्यालेस्टाइन कैदी कादर अदनानको भोक हडतालमा रहेकै बेला सोमबार निधन भएको थियो ।
कादर अदनानको मृत्युपछि प्यालेस्टिनी क्षेत्रमा क्रोधको लहर छ । तनाव चुलिएपछि बुधबार बिहान दक्षिणी इजरायलमा चेतावनीस्वरूप साइरन बजाइएको थियो ।
ताजा अपडेट
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
प्रतिक्रिया