कैदीको मृत्युपछि इजरायलमा तनाव
काठमाडौं (एजेन्सी) । प्यालेस्टाइन क्षेत्रबाट मङ्गलबार इजरायली भूमिमा रकेट प्रहार गरेपछि इजरायली वायुसेनाले गाजा पट्टीमा चरमपन्थी स्थानहरूमा हवाई आक्रमण थालेको छ ।
इजरायली सेनाका अनुसार यी हवाई आक्रमणमा गाजा प्रशासन सञ्चालन गर्ने प्यालेस्टिनी संगठन हमासलाई निशाना बनाइएको छ ।
इजरायली सेनाका अनुसार हमासका हतियार भण्डार र तालिम केन्द्रमा बम विष्फोट भइरहेको छ । यो पछिल्लो तनाव इजरायलको हिरासतमा एक प्रसिद्ध प्यालेस्टिनी कैदीको मृत्युपछि सुरु भएको हो।
प्यालेस्टाइन कैदी कादर अदनानको भोक हडतालमा रहेकै बेला सोमबार निधन भएको थियो ।
कादर अदनानको मृत्युपछि प्यालेस्टिनी क्षेत्रमा क्रोधको लहर छ । तनाव चुलिएपछि बुधबार बिहान दक्षिणी इजरायलमा चेतावनीस्वरूप साइरन बजाइएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया