NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एकैदिन सुनको मूल्य एक हजार ८ सय रूपैयाँले उकालो

काठमाडाैं । लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  छापावाल सुन प्रतितोला एक हजार ८  सय रूपैयाँ बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला एक लाख १० हजार पचास रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।