NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

घरजग्गा कारोबार २.१७ प्रतिशते वृद्धि हुने

काठमाडाैं। चालु आर्थिक वर्ष ०७९/८० मा घर जग्गाको कारोवारमा मन्दी आएको भएतापनि निजी आवास तथा भाडाका क्रियाकलापहरुमा भएको बढ़ोतरीले अघिल्लो वर्षको तुलनामा बढ्ने अनुमान गरेको छ ।

केन्द्रीय तथ्यांक कार्यालायले यस्तो अनुमान गरेको हो । तथ्यांक कार्यालयका अनुसार चालु आवमा कुल गार्हस्थ्य उत्पादनमा ८.३७ प्रतिशत योगदान दिएको घरजग्गा क्षेत्रको कारोबार २.१७ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

घरजग्गा कारोबार सेवा अन्तर्गत मुख्यरूपमा जग्गा जमिनको खरिद बिक्री, जग्गा जमिन भाडामा लगाउने, अन्य घरजग्गा कारोवारका सेवा दिने तथा आफ्नै घरवाट उपलब्ध आवास सेवाहरू पर्दछन् ।