मकवानपुरमा पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ

बागमति । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट छ बोरामा प्याक गरिएको एक सय ८४ किलो एक सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको तीन सय २७ किलो आठ सय ग्राम गरी कूल पाँच सय ११ किलो नौ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई गिरफ्तार गरिएको हो ।
उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उत्तमको घरबाट नगद रु ५५ हजार तीन सय ६५ पनि बरामद गरेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया