बालुवाटारमा सत्ता गठबन्धनको बैठक, रास्वपालाई मनाउने सम्बन्धमा छलफल केन्द्रित

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी छ ।
रास्वपाले पुरानै मन्त्रालयको जिम्मेवारी दिए सरकारमा जाने बताएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्रीले गठबन्धन दलहरूको बैठक बोलाएका हुन् ।
बिहीबार रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन र पुरानै मन्त्रालयको जिम्मेवारी दिए सरकारमा जाने बताएका थिए ।
लामिछानेको प्रस्तावमाथि सकारात्मक देखिएका प्रचण्डले दलहरूसँग छलफल गरेर जवाफ दिने बताएका थिए । बालुवाटारको जवाफ कुरेको रास्वपाले शुक्रबारसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया