बालुवाटारमा सत्ता गठबन्धनको बैठक, रास्वपालाई मनाउने सम्बन्धमा छलफल केन्द्रित
काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी छ ।
रास्वपाले पुरानै मन्त्रालयको जिम्मेवारी दिए सरकारमा जाने बताएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्रीले गठबन्धन दलहरूको बैठक बोलाएका हुन् ।
बिहीबार रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन र पुरानै मन्त्रालयको जिम्मेवारी दिए सरकारमा जाने बताएका थिए ।
लामिछानेको प्रस्तावमाथि सकारात्मक देखिएका प्रचण्डले दलहरूसँग छलफल गरेर जवाफ दिने बताएका थिए । बालुवाटारको जवाफ कुरेको रास्वपाले शुक्रबारसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया