शरणार्थी प्रकरण : जो हालसम्म पक्राउ परिसके

काठमाडौं । भुटानी शरणार्थीका नाममा अमेरिका उडाउने भन्दै सर्वसाधारणबाट १० देखि ५० लाख रुपैयाँ असुल गरिएको प्रकरणमा जोडिएका धमाधम पक्राउ परिरहेका छन् । केही व्यक्ति भने फरार छन् । तिनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थाल्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलो पटक गत चैत १२ मा यसका नाइके केशव दुलाल (मोरङ), सानु भण्डारी (ललितपुर) र टंक गुरुङ (पाँचथर) लाई ललितपुरबाट पक्राउ गरेको थियो । उनीहरूको बयान र उजुरीका आधारमा सागर थुलुङ राई (मोरङ), सन्देश शर्मा पोखरेल (दाङ), डा. इन्द्रजित राई, टेकनारायण पाण्डे र सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।
संगठित अपराधअन्तर्गत अघि बढेको यो मुद्दामा ६० दिनसम्म प्रारम्भिक अनुसन्धान गरेर अदालतमा लैजाने सरकारी वकिल कार्यालयको तयारी छ । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन् भने थापाका छोरा प्रतीक र पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।
पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पनि बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी भने हालसम्म पक्राउ परेका छैनन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया