नक्कली शरणार्थी बन्नेलाई पनि कारवाहीको दायरमा ल्याउन सूर्य थापाको माग

काठमाडौं । एमालेका नेता सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही बताएका छन् ।
साथै, उनले नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि कडा कारवाही हुनुपर्ने टिप्पणी गरेका छन् ।
‘नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ’, बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
व्यक्ति कसैको मुख नहेरी गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू भएको र यसमा निर्दोष कसैलाई नफसाउन उनले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिवसमेत रहेका टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिकसमेत विवादमा तानिएपछि थापाको उक्त अभिव्यक्ति आएको हो ।
प्रतिक्रिया