नक्कली शरणार्थी बन्नेलाई पनि कारवाहीको दायरमा ल्याउन सूर्य थापाको माग
काठमाडौं । एमालेका नेता सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही बताएका छन् ।
साथै, उनले नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि कडा कारवाही हुनुपर्ने टिप्पणी गरेका छन् ।
‘नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ’, बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
व्यक्ति कसैको मुख नहेरी गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू भएको र यसमा निर्दोष कसैलाई नफसाउन उनले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिवसमेत रहेका टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिकसमेत विवादमा तानिएपछि थापाको उक्त अभिव्यक्ति आएको हो ।
ताजा अपडेट
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक


प्रतिक्रिया