रास्वपालाई सरकारमा ल्याउन सबै दल सकारात्मक छन्, फाइनल भएको छैन : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । बुधबार भएको छलफलमासमेत रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुुझाव दिएको जानकारी दिए ।
बिहीबार कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले रविलाई गृहको जिम्मेवारी दिन नमिल्ने बताए । ‘रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यतिबेला निर्वाचन आचारसंहिता लागु भएकोले रोकिएको हो । अब यसलाई लागु गराउने कुरामा सबै दल सकारात्मक छन् तर निष्कर्षमा पुगिसकेको छैन’, उनले भने ।
रास्वपाले सरकारमा सहभागी गराउनका लागि शुक्रबारसम्म समयदिएको छ । सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहँदा प्रधानमन्त्री प्रचण्डले हिजो सरकारमा सहभागी भएका ६ दलको बैठक बोलाएका थिए । बैठकले रास्वपालाई सरकारमा ल्याउने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया