रास्वपालाई सरकारमा ल्याउन सबै दल सकारात्मक छन्, फाइनल भएको छैन : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । बुधबार भएको छलफलमासमेत रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुुझाव दिएको जानकारी दिए ।
बिहीबार कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले रविलाई गृहको जिम्मेवारी दिन नमिल्ने बताए । ‘रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यतिबेला निर्वाचन आचारसंहिता लागु भएकोले रोकिएको हो । अब यसलाई लागु गराउने कुरामा सबै दल सकारात्मक छन् तर निष्कर्षमा पुगिसकेको छैन’, उनले भने ।
रास्वपाले सरकारमा सहभागी गराउनका लागि शुक्रबारसम्म समयदिएको छ । सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहँदा प्रधानमन्त्री प्रचण्डले हिजो सरकारमा सहभागी भएका ६ दलको बैठक बोलाएका थिए । बैठकले रास्वपालाई सरकारमा ल्याउने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया