NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भुटानी शरणार्थी प्रकरणमा जोसुकै भएपनि कारवाही गर्नुपर्छ : उपमहासचिव रिमाल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा जोसुकै भएपनि कारवाही गर्नुपर्ने बताएका छन् ।

कानुनभन्दा माथि कोही नभएको भन्दै उनले नक्कली भुटानी शरणार्थी होस् वा अन्य प्रकरणमा कसैलाई छाड्न नमिल्ने बिहीबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘नक्कली भुटानी शरणार्थी होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन। छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ’, उनले लेखेका छन् ।

उनले यस्ता घटनालाई राजनीतिकरण गर्न नहुने भन्दै कानुनको पालना सबैले गर्नुपर्ने बताएका छन् ।