भुटानी शरणार्थी प्रकरणमा जोसुकै भएपनि कारवाही गर्नुपर्छ : उपमहासचिव रिमाल
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा जोसुकै भएपनि कारवाही गर्नुपर्ने बताएका छन् ।
कानुनभन्दा माथि कोही नभएको भन्दै उनले नक्कली भुटानी शरणार्थी होस् वा अन्य प्रकरणमा कसैलाई छाड्न नमिल्ने बिहीबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘नक्कली भुटानी शरणार्थी होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन। छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ’, उनले लेखेका छन् ।
उनले यस्ता घटनालाई राजनीतिकरण गर्न नहुने भन्दै कानुनको पालना सबैले गर्नुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया