NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

साँझ ५ बजेबाट सिडिएससीको सम्पुर्ण सेवा अबरुद्ध हुने

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङको सम्पुर्ण सेवाहरु आज साँझ ५ बजेदेखि अबरुद्ध हुने भएको छ । सिडिएससीले एक सुचना जारी गर्दै सम्पुर्ण सेवाहरु अधिकतम एक दिनका लागि अबरुद्ध हुने जनाएको छ ।

सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण, सर्भर माइग्रेसनलगायतका  कार्यहरू गर्नुपर्ने भएकाले सबै सेवाहरु बन्द हुने जनाएको छ ।