नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । लगातार घटिरहेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकको करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार नेप्से १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार दुई सय ७६ वटा कम्पनीको २० हजार ६ सय ५५ पटक कारोबारमा २५ लाख ३३ हजार ७१४ कित्ता शेयर खरिदबिक्री हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रूपैयाँको कारोबार भएको छ ।
बिहीबार सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ०.३४, विकास बैंक ०.६६, वित्त १.३२, होटल तथा पर्यटन ०.७७, जलविद्युत १.२५, लगानी ०.३२, जीवन बीमा ०.५४, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.६५, म्युचल ०.३६, नीर्जीवन १.५५, अन्य ०.९१ र व्यापार ०.७३ प्रतिशतले बढेको छ ।
आज एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ९.८६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनएमबी डिवेञ्चर ८.५० प्रतिशतका लगानीकर्ताले सबैभन्दा धेरै ५.८५ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको प्रमोटर सेयरको ४ करोड ५० लाखको कारोबार भयो । दोस्रोमा शिवम् सिमेन्ट लिमिटेडको २ करोड २१ लाख ५५ हजार बराबरको कारोबार भएको छ । त्यस्तै नबिल बैंक १ करोड ९६ लाख १२ हजार, हिमाल दोलखा हाइड्रोपावर १ करोड ८४ लाख ४७ हजार र एभरेष्ट बैंकको १ करोड ६५ लाख ७० हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया