संलग्न नै नभएको घटनासँग जोडेर चरित्र हत्या भयो : खाण

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपालीलाई भुटानी शरणार्थी बनाउने घटनामा आफू संलग्न नभएको दाबी गरेका छन् । साथै उनले आफूसँग जोडेर प्रकाशित समाचारलाई आधारहीन र तथ्यहीन भन्दै चरित्र हत्या नगर्न भनेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्नको अभियोगमा त्यसका नाइके, सचिव टेकनारायण पाण्डेलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ्दै जाँदा खाणसमेत यसमा संलग्न भएका विवरण बाहिर आइरहेका छन् । त्यसकै आधारमा कतिपय सञ्चारमाध्यमले खाणसमेत संलग्न रहेको भनेर समाचार प्रकाशित गरेपछि खाणको यस्तो प्रतिक्रिया आएको हो ।
‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिनुहुन अनुरोध छ,’ खाणले संक्षिप्त ध्यानाकर्षण पत्रमा भनेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया