NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला एक लाख १० हजार पचास रूपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।