पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
धनुषा । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।
शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिइगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पु¥याएका थिए ।
उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। बालकको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया