आँखा स्वस्थ कसरी राख्ने ?

एजेन्सी । आँखा हाम्रो शरीरको अति संवेदनशिल अंग हो । यसको सुरक्षाको लागि पनि त्यति नै संवेदनशिलता अपनाउनुपर्ने हुुन्छ । आँखाको हेरचाह गर्न खानपान देखि सफाइसम्मको आवश्यकता पर्छ । कहिलेकाही आँखामा भिटामिनको कमी वा उचित हेरचाह नहुँदा यसले आँखामा विभिन्न समस्या निम्याउँछ ।
यसरी गर्नुहोस् आँखाको सुरक्षा
१) हरियो सागपात, तरकारी र पहेंलो तथा पाकेका फलफुल, माछा, मासु प्रशस्त्र मात्रामा खानुपर्छ । यी खानेकुराले आँखा स्वस्थ र तेजिलो बनाउछन्।
२) दिनको एक पटक सफा पानीले आँखा धुनुपर्छ । यसले आँखामा भएका धुलो र फोहरलाई सफा गर्छ ।
३) अरुले प्रयोग गरेको रुमाल आफूले प्रयोग गर्नुहुँदैन् । यसले संक्रमण सर्ने जोखिम उच्च हुन्छ ।
४) चर्को घाम, विकिरणहरूबाट आँखालाई जोगाउँनुपर्छ । यसले आँखाको दृष्टिलाई प्रत्यक्ष असर गर्छ ।
५) आँखामा कुनै पनि प्रकारको चोटपटक लागेमा तथा समस्या देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया