यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री महतले सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री महतले उत्पादनमूखी अर्थतन्त्रकेन्द्रित बजेट ल्याइने जनाएका छन् । वित्त नीति र मौद्रिक नीतिबीच तारतम्य गरिने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै उत्पादन तथा उत्पादकत्व बढाइने गरी बजेट ल्याइने अर्थमन्त्रीले जनाएका छन् ।
त्यस्तै उनले गरिब र धनीबीचको खाडल घटाइनेतर्फ बजेट निर्देशित भएको उल्लेख गरेका छन् । सरकारी वित्तको पुर्नसंसचना गरी अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट ल्याइने बताइएको छ ।
दिगो विकास, जलवायू संरक्षण, जलवायु परिर्वतन न्युनीकरणतर्फ ध्यान दिएर बजेट ल्याइने उनले बताए । त्यस्तै स्टार्टअपलाई प्रोत्साहन गरिनुका साथै लघु घरेलु तथा साना उद्यम सञ्चालनका लागि कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया